०४, फागुन,२०७८ रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा चौथौँ रामेछाप जिल्ला स्तरिय तेक्वान्दो आई.टि.एफ. प्रतियोगिता हुन गईरहेको छ। उक्त प्रतियोगिता आगामी फागुन ६ र ७ हुनेछ।सुनापति तेक्वान्दो आई.टि.एफ. एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगितालाई सुनापति गाउँपालिकाले प्रायोजन गर्ने भएको छ।सुनापति गाउँपालिकालाई पर्यटकीय स्थलको साथसाथै खेल क्षत्रको माध्यमबाट पनि चिनाउन सकिन्छ भन्ने उद्देश्यकासाथ उक्त प्रतियोगिता गर्न लागेको युवा नेता तथा वडा न. ३ का वडा अध्यक्ष समेत सहेका सुनापति तेक्वान्दो आई.टि.एफ. का अध्यक्ष बाबुराम तामाङले सुनौलोपानालाई जानकारी गराए।“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित हुन लागेको कार्यक्रममा सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा अन्य वडाका वडा अध्यक्षहरु लगायत जिल्ला स्तरिय नेताहरुको पनि उपस्थित रहनेछ।