२१,फागुन,सिन्धुपाल्चोक- संगठन सशक्तीकरण र पार्टी विस्तारको अभियानमा नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोक जिल्लाको भोटेकोशि गाउँपालिकामा पार्टी र युवा संघ कमिटीहरु गठन भएको छ।
नेकपा (एकीकृत समाजवादी) को अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यकर्ता भेलाले साङ्गे लामाको अध्यक्ष, हेम गुरुङ सचीव सहित ५१ सदस्यीय पालिका कमिटी र गौतम पौडेल अध्यक्ष, सचीव निमा शेर्पा सहित ५१ सदस्यीय युवा संघ नेपाल गाउँ कमिटी गठन गरेको छ ।
हजारौँ कार्यकर्ताको उपस्थितिमा बोल्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीले ठूलो आकार लिदैं प्रखर रुपले गतिशील बन्दै गएको र विरोधीहरु झस्किएको बताउनुभयो।कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्मचार्य, सह-इन्चर्ज भगवती नेपाल, गम्भिरलाल श्रेष्ठ, प्रदेश कमिटी सदस्य छिरिङ शेर्पा, जिल्ला पार्टी अध्यक्ष नवराज पौडेल, युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष नितेश पौडेल लगाएतले मन्तव्य राखेका थिए। यस्तै कार्यक्रममा राष्ट्रिय सभा सदस्य शिंहबहादुर वि.क.,कृषि राज्यमन्त्री इन्द्रमाया गुरुङ, युवा संघ नेपाल निर्वाचन आयोग अध्यक्ष तिर्थलाल श्रेष्ठ लगाएतका नेताहरुको उपस्थिति रहेको थियो।