२६ फागुन २०७८ काठमाण्डौ- रामेछाप जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सरोज गाहा मगर मनोनित भएका छन।
बागमती प्रदेश खेलकुद विकास परिषदले मगरलाई गत फागुन २३ गते आगामी दुई बर्षकोलागि रामेछाप जिल्ला खेलकुद विकास समितिमा मनोनित गरेको हो।
मनोनित भएपछी मगरले भावी योजनाको बारेमा आफ्नो धारणा ब्यक्त गर्दै रामेछाप जिल्लाको सम्पूर्ण नगर तथा गाउँपालिकामा खेलकुद बिकास समिति गठन गरि एकेडेमि हलको निर्माण र बिस्तारकोलागि सम्बन्धित निकायलाई पहल गरि यसलाई प्रक्रियागत रुपमा अगाडी बढाउदै लैजानुकोसाथै खेलकुद क्षेत्रलाई आवश्यक बजेट छुट्टाई समग्र खेल जगतलाई नै नीति र विधिमा रहेर प्रभावकारी ढंगले प्रणालीमा लैजाने सुनौलोपानालाई बताएका छन।
सम्पूर्ण खेल जगतको अध्ययनगरि बिगतमा भएका अभावलाई पुरा गर्दै नयाँ कार्य योजना तयारगरि कार्यान्वयन गर्ने र खेल जगतमा लागि परेका सम्पूर्ण खेलाडीहरुलाई अगाडी बढाउन प्रभावकारी कार्यक्रमको आयोजना गरि आफ्नो कार्यकालमा आफुले सकेको कार्य गर्न सदैब तत्पर रहने समेत मगरले सुनौलोपानालाई बताए।
नोट: मगर नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछाप जिल्ला कमिटीका सचिवालय सदस्यको जिम्मेवारी पदमा रही आफ्नो कार्य सम्हाल्दै आएका छन।