२ चैत्र २०७८ रामेछाप-रामेछापको सुनापति गाउँपालिका वडा न.१ गुन्सिमा स्वास्थ्य भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम हुन गईरहेको छ।
कार्यक्रम आउदो चैत्र ४ गते हुन गैरहेको छ।भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेशका सामाजिक बिकाश मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहने भएको छ।
साथै साँस्कृतिक कार्यक्रम मार्फत उपस्थित जन समुदायलाई मनोरंजन समेत प्रदान गरिने भएको छ।जसमा नेपालको चर्चित रियाल्टी सो ‘द भ्वाइस अफ नेपाल’ को नक आउट चरनमा पुग्न सफल गायक सुनिल थापा मगर र नेपाल लोक स्टार रियाल्टी सोको टप
४ मा पुग्न सफल रामेछापको गहना गायक राम कुमार नेपालीको साथमा अन्य ख्याती प्राप्त कलाकारको बेजोड सागितिक प्रस्तुती समेत रहने भएको छ।