२० चैत्र २०७८ काठमाण्डौ-नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्ला सचिवालय सदस्य अरुण सिंजाली मगरले खाँडादेवी गाउँपालिका वडा न. ७ बाट वडा अध्यक्षकोलागि उम्मेदवारी दिने भएका छन।
राजनीतिमा युवा पुस्ताको नेतृत्वको आवश्यक रहेको र अबको राजनीतिक परिवर्तन युवाबाट मात्रै सम्भव रहेको भन्दै आम नागरिकको हक अधिकारको सुनिश्चित गर्नुको साथै नागरिको जीवनस्तरमा परिवर्तन ल्याउनकोलागि आफुले वडा अध्यक्षमा उम्मेदवारी दिएको सुनौलोपानालाई बताए।साथै युवाहरुको समस्याको दिर्घकालिन समाधानकोलागि स्थानिय स्तरबाटै समाधान गर्नुपर्ने र जस्कोलागी जनप्रतिनिधि पनि युवा हुनु पर्नेमा जोड दिएका छन।
२०६८ सालमा अनेरास्ववियु निर्वाचन क्षेत्र न. २ को उपाध्यक्ष हुदै अध्यक्ष समेत भएका अरुण सिंजाली २०७० सालमा गाविस उपाध्यक्ष हुँदै कार्यवहाक अध्यक्ष भएका थिए।त्यसैगरी २०७२ सालमा अनेरास्वबियुको २२ औं महाधिवेशनमा राष्ट्रिय परिषद सदस्य हुदैँ राजनीति पार्टीमा भएको परिवर्तनसँगै बाम गठबन्धन पार्टी एकता भई नेकपाको खाँडादेवी गाउँपालिका सदस्यमा रही काम गरिसकेका अरुण सिंजाली तत्कालिन एमालेको समानान्तर कमिटिको जिल्ला कमिटि सदस्य, अनेरास्ववियु स्थाई कमिटि तथा अखिल फोर्स को सह-सह-संयोजकमा रही नेकपा एमाले पार्टी बिभाजनपछि नेकपा (एकीकृत समाजवादी) मा रही हाल जिल्ला कमिटि सचिवालय सदस्य को कार्य सम्हाल्दै आएका छन।आफ्नो वडाको विकासलाई जोड्दै उनले भने स्थानीय चुनाव भएको पाँच बर्षमा जति विकास हुनुपर्ने हो त्यो नभएको र जनताको जीवन स्तर उकास्ने त्यस्तो कुनै पनि योजनाहरु नभएको बताए।आफु वडा अध्यक्ष भएमा पक्कि बाटोको निर्माण, जनताको जीवनस्तरमा परिवर्तन,शिक्षा,स्वास्थ्यमा गुणस्तर लगायत स्थानीय स्रोत साधनको सहि उपयोग गरिनुकोसाथै दक्ष जनशक्ति निर्माणगरि गाउँमै रोजगारीको सिर्जना गर्न सकिने विकल्पहरुको समेत छनौटगरि त्यसलाई दिर्घकालिन रुपमा अगाडी बढाउनुको साथै अरु थप योजनाहरुलाई अगाडी बढाउनकोलागि आफु जनताको हरेक सुखदुखमा हातेमालो गर्दै अगाडी बढ्नुको साथै विकासे बजेटको लुटतन्त्र र जनताले पाएको सास्तीको अन्त्यकोलागि आफुले उम्मेदवारी दिएकोमा जोड दिए।