२३ चैत्र २०७८ काठमाण्डौ- रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका वडा न.६ मा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट मिन बहादुर मगरले वडा अध्यक्षकोलागि आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन। मगर नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्ला कमिटिको सदस्य समेत हुन।
बिगत १८ वर्षदेखि तत्कालिन नेकपा एमालेमा संघर्षरत मगर केपी ओलीले कम्युनिष्ट आन्दोलनको नीति, बिधि,पद्दतिलाई लत्याएर स्वईच्छाचारी, तानाशाही तवरले अगाडी बढेको र त्यसको बिरुद्द बिद्रोहगरि आफु नेकाप (एकीकृत समाजवादी) मा प्रवेश गरेको मगरेले सुनौलोपानालाई जानकारी गराए।
हाल नेकाप(एस) रामेछाप जिल्ला कमिटीमा संघर्षरत मगरले हाल भने नेकाप(एस) बाटै लिखु तामाकोशी गाउँपालिका वडा न. ६ बाट वडा अध्यक्षकोलागि उम्मेदवारी घोषणा गरेका हुन।५ बर्षको स्थानिय सरकारले आफ्नो वडामा जनमुखी काम गर्नेदेखि विकास निर्माणको काम गर्न नसकेको बताउतै आफु वडा अध्यक्षमा जितेर जनताको भावना अनुरुप जनमुखी काम गर्दै विकास निर्माणलाई तिब्रता दिने प्रतिबद्दता ब्यक्त गरेका छन। त्यसकोलागि आफुलाई जिताउन समग्र वडाबासीलाई भोट दिन समेत आग्रह गरेका छन।