०८ बैशाख २०७९ काठमाण्डौ- जनता समाजवादी पार्टी रामेछापका अध्यक्ष सोनाम ग्यापक, युवासंघ बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रकाश योञ्जन,जसपाकै अर्का जिल्ला नेता उर्मिला तामाङ त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का नेत्री बिन्दु थिङ लगायत नेपाली काङ्ग्रेस, नेकपा एमाले, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरि दर्जनौ नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन।
पार्टी प्रवेश गर्दै सोनाम ग्यापकले देश र जनताका निम्ति काम गर्ने पार्टी एक मात्रै नेकपा माओवादी केन्द्र भएकोले आफुले माओवादी केन्द्र रोजेको र आम जनसमुदायलाई पनि माओवादी केन्द्र रोज्न आग्रह गरेका छन।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा उक्त पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो।