०८ बैशाख २०७९ काठमाण्डौ- रामेछाप जिल्ला सुनापति गाउँपालिकाको अध्यक्ष पदकोलागी नेकपा माओवादी केन्द्रबाट ७ जनाको नाम प्रदेश कमिटिमा सिफारिसकोलागी पठाईएको छ।जसमा सुनापति गाउँपालिका माओवादी केन्द्रका ईन्चार्ज पेमा लामा,वडा न.५ का वडा अध्यक्ष ठुलो कान्छा तामाङ, वडा न. ३ का वडा अध्यक्ष बाबुराम तामाङ, सुनापति गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष बिबी तामाङ,सुनापति गाउँपालिकाकि उपाध्यक्ष गीता बिष्ट चौलागाईं,कर्णखर चौलागाईं र रामकृष्ण तामाङ (अर्थामान ) रहेका छन।गाउँपालिका अध्यक्षकोलागि वडा न. ३ का वडा अध्यक्ष बाबुराम तामाङले पहिलो उम्मेदवारी दाबि गरेका थिए।आफु वडा अध्यक्ष भएर गरेका कार्यहरु जनताले रुचाएको र अझै थप काम गर्ने उर्जा मिलेको हुदा पालिका अध्यक्ष भएर जनताको भावना अनुरुपका कार्यहरु गर्न तत्पर रहेको समेत बताए।पालिका अध्यक्षकोलागि आफुसहित ७ जनाको नाम सिफारिसभएको र ७ जना मध्ये जसलाई छनौट गरेता पनि प्रदेश कमिटिको निर्णय सबैलाई मान्य हुने र एकअर्कालाई पूर्ण रुपले साथ,समर्थन र सहयोग गर्नेमा आफुहरु तत्पर रहेको तामाङले जानकारी गराए।