०८ बैशाख २०७९ काठमाण्डौ- सुनापति गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।आगामी बैशाख ३० गतेको चुनावलाई लक्षित गर्दै सर्वदलिय,ब्यापारी,समाजसेवी,नागरिक अगुवाईको उपस्थितिमा बिहिबार उक्त कार्यालयको स्थापना गरिएको हो।
कार्यालय स्थापनासँगै अनुगमन समितिको बैठक बसेर निर्वाचन कार्यालय भएको २०० मिटरसम्मको दुरीमा माधकपदार्थ बिक्रि वितरण नगर्ने, होटेल ८ बजे सम्म मात्रै खोल्न पाइने निर्णय समेत गरिएको छ।