०९ बैशाख २०७९ काठमाण्डौ- रामेछापको सत्ता गठबन्दन दलहरुको बैठक सुरु भएको छ। केन्द्रिय सत्ता गठबन्धको केन्द्रिय पार्टीहरुले केन्द्रमा महानगर र नगरमा सहमति गरेपछि रामेछापको गठबन्धन दलहरु बिचपनि मिल्न दबाब परेको छ।बिबादमै रहेको सत्ता गठबन्धन दलहरु फेरी वार्तामा बस्न तयार भएका हुन बिशेष त नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको बिचमा मन्थली माबिको बिद्यालय ब्यबस्थापनको बिषयमा विवाद हुदै आएको थियोनेपालि कांग्रेस र माओबादिले वार्ता भंग गरेको घोषणा गरेता पनि नेकपा (एकीकृत समाजवादी) रामेछापको इन्चार्ज देव शंकर पौडेलले हिजैदेखि सत्ता गठबन्दन दलहरुको बिचमा बैठक राख्नकोलागी बिशेष पहल र सहजीकरण गरेको कारण आजको बैठक बस्न सफल भएको हो।बैठकले मन्थली माविको बिद्यालय ब्यबस्थापन समिति लगायत चुनावी तालमेलको बिषयमा आजै निष्कर्षमा पुर्याउने नेकपा (एकीकृत समाजवादी) जिल्ला सचिव तथा वार्ता टोलि सदस्य लालसिङ घिसिङले सुनौलोपानालाई जानकारी गराए।