१० बैशाख २०७९ काठमाण्डौ- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष प्रेम तामाङ नेकपा (एकीकृत समाजवादी) समाहित भएका छन।
उनि नेकपा एमालेका बागमती प्रदेश कमिटि सदस्य पनि थिए।तामाङसहित नेकपा एमाले जिल्ला कमिटि सदस्य असलसिङ तामाङ,खाँडादेवी गाउँ कमिटि सचिव मोतीलाल तामाङ,खाँडादेवी गाउँपालिका वडा न. ७ को वडा सदस्य धनराज तामाङले पनि एमाले परित्या गरेको घोषणा गरेका छन।एमाले परित्याग गर्दै प्रेम तामाङले आफ्नो धारणा ब्यक्त गर्दै भनेका छन,नेपाली कम्युनिष्ट आन्दोलन र नेपालको राष्ट्रिय राजनीति प्रमुख भूमिका निर्वाह गर्दै आएको नेकपा एमालेमा २८ बर्षदेखी संगठित भई र कम्युनिष्ट आन्दोलनमा क्रियाशिल भएको ३ दशक नाघिसकेको सबैमा अवगत नै छ।नेपालि राष्ट्रिय राजनीतिको मुलमीयो भएर राज्यसत्ता संचालन गर्ने अवसर पाएर पनि पार्टीको मूल नेतृत्व चरम व्यक्तिवादी स्वेच्छाचारिता, गुटगत संकीर्ण मानसिकता,अदुरदर्शी र अपारदर्शी क्रियाकलाप,सर्वसत्तावादी सोच, अधिनायकवाद कार्यशैली,कोठे राजनीति,षड्यन्त्रकारी आचरणका कारण सुदृढ र एकताबद्द पार्टीमा विभाजन भई सिङ्गो कम्युनिष्ट आन्दोलन र मुलुकले क्षति बेहोर्नुपरेको यथार्थ पनि सबैसामु स्पष्ट नै छ।यो पार्टीमा रहँदा-बस्दा मैले योगदान त अथक परिश्रमबाट खाँडादेवी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी पाई गौरवपूर्ण जित हात पारेको समेत खुलस्त पार्दै आफुले जतिसुकै राम्रो काम गरेतापनि पार्टीले मुल्यांकन नगरेको र पार्टीको नेतृत्वकर्ता स्वार्थमा लिप्त भई आफुलाई नेतृत्वकर्ताले हेपाहा व्यवहार देखाउन थालेपछि बहेको बताउदै आफुले एमालेमा बिद्रोह गर्न बाध्य भएको जानकारी गराए।
एमाले पार्टी परित्याग गरे लगत्तै प्रेम तामाङलाई नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछाप जिल्ला इन्चार्ज देव शंकर पौडेल, सह-ईन्चार्ज होम बुढाथोकी लगायत अन्य नेता कार्यकर्ताले भब्य स्वागत गरेका थिए।
नेकपा एमाले परित्यागगरि नेकपा (एकीकृत समाजवादी) समाहित भएका प्रेम तामाङको प्रेस बिज्ञप्ति निम्न छ।