११ बैशाख २०७९ काठमाण्डौ-
११ बैशाख २०७९ काठमाण्डौ- रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको अध्यक्ष पदकोलागि नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्ला कमिटि सचिव लालसिङ घिसिङले उम्मेदवार दाबि गरेका छन।
आईतबार घिसिङले पालिका अध्यक्षकोलागि आफ्नो उम्मेदवार दाबि गरेका हुन।
नेकपा एमालेबाट बिद्रोह गरेर नेकाप एकीकृत समाजवादी पार्टी गठन पछि संगठन निर्माणदेखि पार्टीलाई यो ठाउँ सम्म ल्याई पुर्याउनको निम्ति अहोरात्र खटेर ठुलो संघर्ष गरेको र सुनापति गाउँपालिकाको बिकासकोसाथै सुनापतिवासीको हक हितको निम्ति आफुले पालिका अध्यक्षको उम्मेदवार दाबि गरेको र यसलाई पुरा गर्नेमा आफु प्रतिबद्द रहेको लालसिङ घिसिङले सुनौलोपानालाई बताए।