१२ बैशाख २०७९ काठमाण्डौ- नेकपा (माओवादी केन्द्र) ले अन्तरघात गरेको भन्दै रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको उपाध्यक्ष पदमा सिता माया मोक्तानले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन।
बिगत २० बर्ष देखी नेकपा (मओवादी केन्द्र) मा निरन्तर सक्रिय भूमिका निभाउदै आएकी मोक्तानले आफुलाई पार्टीले अन्तरघात गरेको कारण आफुले स्वतन्त्र उम्मेदवार दिन बाध्य भएको बताउदै जनतासामु आफ्नो बिचार र अभिव्यक्ति प्रस्तुत गरेर स्वतन्त्र रुपमै आफुले भारी मत ल्याएर जित्ने र जनताको भावना अनुरुपका कार्यमा लाग्ने सुनौलोपानालाई बताईन।
स्कुल पढ्दादेखिने मओवादीमा आबद्द भएकी मोक्तानले आफुले पार्टीलाई जनतासामु चिनाउन दिएको योगदानको कदर नहुदा भावाबिहोल भएको र उम्मेद्वारिको अन्तिम चरणमा पार्टीले आफूमाथि अन्याय गरेको बताईन। उम्मेदवारी दर्ताको केहि समय अघिसम्ममा पनि गाउँपालिकाको उपाध्यक्षमा पार्टीले आफ्नो उम्मेदवारी पक्का गरि रहदा पनि उम्मेदवारीको अन्तिम चरणमा आएर पार्टीले आफूमाथि अन्याय गरेकोमा आफु निकै दुखि रहेको बताईन।
माओवादी संघर्षदेखिनै आफुले बच्चादेखि बृद्दसम्मको मन मुटुमा बस्न सफल हुनेगरी काम गरेको र आम नागरिकले आफुलाई जनप्रतिनिधिको रुपमा काम गरेको देख्न चाहेको र त्यसमा पार्टी स्वयम तगारो बनेको बताउदै जनतालाई निराश नबनाउनकोलागि आफुले स्वतन्त्र उम्मेदवारमार्फत नै जनमत संकलनगरि जनताको हक हितको कार्य गर्ने प्रतिबद्दता ब्यक्त गरिन।