१६ बैशाख २०७९ काठमाण्डौ- रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा न.४ मा रहेको सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टर प्रालिका अध्यक्ष बिमानसिङ तामाङ (नवङ पाल्देन) को पहलमा”ह्याप्पी अल बिईङ” नामक कोरियन संस्थाले दोलखा जिल्लाको बिगु गाउँपालिकामा रहेको टासी छिमे गाछल गुम्बामा चार लाख सत्ताईस हजार पाँच सय बराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।गत बैशाख १४गते धर्म गुरुले उक्त सहयोग हस्तान्तरण गरेका हुन।
यसकोसाथै सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टर प्रालिले थप ५६ हजार बराबरको औषधि लगायतको सामग्री जुटाई गुम्बालाई वितरण गरेको धर्मगुरु बिमानसिङ तामाङले सुनौलोपानालाई बताए। करिब ३ महिना अगाडी धर्म गुरुले सोहि गुम्बामा चार लाख सत्ताईस हजार पाँच सय बराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेका थिए।
बिगतमा विभिन्न बिपतकोसाथै कोरोना महामारीको समयमा सुनापति गाउँपालिकाको ५ वटै वडामा लगभग १ करोडको हाराहारीमा खाद्यान्न लगायत स्वास्थ्य साम्मग्री वितरण गरिसकेका धर्म गुरुले आफु अस्वस्थताको बाबजुद पनि यसरी सहयोग गर्न पाएकोमा निकै खुशी रहेको ब्यक्त गरेका छन।आगामी दिनमा पनि दिन दुखि,असहाय लगायत विभिन्न समस्यामा परेकाहरुकोलागि आफुले सकेको गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन।
प्राथमिक उपचारकोलागि आनी रिन्जेन र अनि तेन्जिङको साथ सहयोग रहेको र सामग्री हस्तान्तरणमा साथ दिएका राम तामाङ,कुलधोज तामाङ,दमाई तामाङ लगायत सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिएका छन।