१६ बैशाख २०७९ काठमाण्डौ- रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएकि सीतामाया मोक्तानले उम्मेदवारी फिर्ता गरेकी छिन।
शुक्रबार एक बिज्ञप्ति जारि गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता गरेकी हुन।बिज्ञप्ति प्रकाशन सँगै मोक्तानले पार्टीको साधारण सदस्य समेत नरहनेगरी नेकपा (माओवादी केन्द्र) त्याग गरेको घोषणा गरेकी छिन।
मोक्तान लामो समयदेखि नेकपा (माओवादी केन्द्र) मा सक्रिय भूमिका निभाउदै आएकी थिइन।पार्टीले उपध्यक्षको टिकट नदिएपछि गत बैशाख १२ मा निर्वाचन आयोगमा सुनापति गाउँपालिकाको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी थिन।
उम्मेदवारी फिर्ता सम्बन्धि मोक्तानको बिज्ञप्ति निम्न रहेको छ।