२२ बैशाख २०७९ काठमाण्डौ- स्थानिय चुनावको मिति नजिकिदै गर्दा जनतासँग मत माग्ने क्रममा देशैभर राजनीतिक दलहरुको घरदैलो कार्यक्रमले तिब्रता लिएको छ।रामेछापको सुनापति गाउँपालिकामा पनि यो क्रम निरन्तर रहेको छ।नेकपा (माओवादी केन्द्र) ले थालेको घरदैलो कार्यक्रम अन्तर्गत सुनापति गाउँपालिकाको विभिन्न स्थानमा गई जनतासँग भलाकुसारी गरि जनताको समस्या बुझ्दै स्थानीय चुनावमा नेकपा (माओवादी केन्द्र) लाई बिजयी गराउनको निम्ति उम्मेदवारहरुले आफ्नो अभिव्यक्तिहरु राख्दै आएका छन।
बिहिबार एक चुनावी सभामा आफ्नो अभिव्यक्ति राख्ने क्रममा नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका उपाध्यक्ष पदाकी उम्मेदवार गीता बिष्टले सुनापति गाउँपालिकामा आफुहरुले सबै तहमा एकलौटी जित हासिल गर्ने बताएकी छिन।
गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाटै उपाध्यक्षमा जित हासिल गरेकी चौलागाईंले आफुले आम सुनापतिबासीको हितको निम्ति गरेको कार्यहरु जनताले रुचाएको यसको सहि मुल्यांकन गरेर पार्टीले फेरी पनि आफुलाईनै उपाध्यक्षकोलागी टिकट प्रदान गरेको हुदा जनताले फेरी पनि भारि मतले आफुलाई जिताउनेमा ढुक्क रहेको सुनौलोपानालाई बताईन।
आफु उपाध्यक्ष पदमा रहिरहदको समयमा गरेका अधुरा कार्यहरु सम्पन्न गर्न र सुनापतिबासीकोलागि थप विकासका कार्यहरु गर्न आफु आतुर रहेकोमा जोड दिईन।जस्कोलागी सुनापतिबासीले आफु लगाएत आफ्नो पार्टीका सम्पूर्ण उम्मेदवारहरुलाई जिताउने र सुनापतिमा नेकपा (माओवादी केन्द्र) जित निश्चित रहेको बताईन।https://fb.watch/cPnylc38kN/