२५ बैशाख २०७९ काठमाण्डौ-रामेछाप सुनापति गाउँपालिकाको बेथानमा नेकपा (माओवादी केन्द्र) को बृहत चुनावी सभा सम्पन्न भएको छ।चुनावी सभा कार्यक्रममा नेकपा (माओवादी केन्द्र) को केन्द्रिय सदस्य युवराज चौलागाईको प्रमुख आतिथ्य रहेको थियो भने बिशेष अतिथिको रुपमा सुनापति गाउँपालिका अध्यक्ष धावा लामा,पेमा लामा,डिल्लीमान तामाङको साथै अन्य नेता कार्यकर्ताहरु, वाईसिएल लगायत सुनापति गाउँपालिका अध्यक्ष उम्मेदवार ठुलोकान्छा तामाङ,उपाध्यक्ष उम्मेदवार गीता बिष्ट चौलागाईं,वडा न.४ का वडा अध्यक्ष उम्मेदवार डण्डूप लामा र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।तिन लाल र फातिमाको जिल्लामा रहेको ऐतिहासिक भुमि सुनापति माओवादीको लाल किल्ला रहेको र सुनापतिमा माओवादीको लाल किल्लालाई कसैले हल्लाउन नसक्ने दाबी गर्दै आगामी स्थानिय निर्वाचनमा सुनापतिमा माओवादी केन्द्रले एकलौटी जित हासिल गर्नेमा आफुहरु बिश्वस्त रहेको अध्यक्ष उम्मेदवार ठुलोकान्छा तामाङले बताए।
चुनावी सभालाई सम्बोधन गर्दै समग्र सुनापतिको विकासमा माओवादीको देन रहेको र यसलाई निरन्तरता दिनकोनिम्ति फेरी पनि माओवादीकोनै जित आवश्यक रहेकोमा तामाङले जोड दिए।आफुहरुले जितेपछि सुनापतिको पाँच वटै वडा जोड्ने सडकलाई पिच गर्नुकोसाथै महिला,शिक्षा,स्वरोजगार,स्वास्थ्य,कृषिमा उन्नति लगायतको बिषयलाई प्राथमिकतामा राखेर अगाडी बढ्नेमा जोड दिए।
नेकपा एमाले र नेपाली कांग्रेसले आफुहरुलाई हराउनको निम्ति अनेक जालझेल गरिरहेको र सुनापतिको जनता कुनै पनि लोभ प्रलोभनमा नपरी नेकपा (माओवादी केन्द्र) लाई जिताउन लागि पर्न आग्रह गरे।
उपाध्यक्ष उम्मेदवार गीता बिष्ट चौलागाईले महिला हक अधिकार लगायत शिक्षा,स्वास्थ्य,खानेपानी,रोजगारको बिषयमा सम्बोधन गर्दै बिगतमा पूर्वाधारको बिकासमा आफुहरु लागि परेको र अब जितेर जनताको जीवन स्तर उकास्ने खालको कार्यलाई तिब्रता दिनेमा जोड दिईन।
वडा न.४ को विकासको निम्ति आफु हरदम तयार रहेको र जस्तो सुकै परिस्थितिमा आफु जनताको सेवामा समर्पित हुने र त्यसकोलागि जनताले आफुलाई वडा अध्यक्षमा जिताउनेमा बिश्वस्त रहेको वडा अध्यक्ष उम्मेदवार डण्डूप लामाले बताए।