१० जेष्ठ २०७९ रामेछाप-रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको भिरकोटमा नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिकाले भिजयी सभा कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश अर्थ मन्त्रि सालिकराम जम्कट्टेलको उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य युवराज चौलागाई,निवर्तमान पालिका अध्यक्ष धावा लामाको उपस्थिति रहेको थियो भने कार्यक्रममा नवनिर्वाचित पालिका अध्यक्ष ठुलोकान्छा तामाङ,उपाध्यक्ष गीता बिष्ट चौलागाई,वडा अध्यक्षहरु लगायत नेता कार्यकर्ताको साथै स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा उपस्थित प्रमुख अतिथि सालिकराम जम्कट्टेलले बिजयी भएका सम्पूर्ण जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्नुकोसाथै समग्र सुनापतिको विकास निर्माणको बिषयमा मन्तब्य राखेका थिए।सुनापतिमा प्रमुख समस्यामा रहेको खानेपानी र सिचाईमा रहेको समस्या समाधानको निम्ति सानोतिनो योजना नभई करोडौको योजना बनाउनकोलागी नवनिर्वाचित जनप्रतिनिधिलाई ध्यानाकर्षण गरौनुकोसाथै आफुले र त्यसको अनुमोदन गरिदिने बिश्वास दिलाए।सुनापतिमा नेकपा (माओवादी केन्द्र) को बिजयीलाई लिएर खुशी ब्यक्त गर्दै उनले भने गणतान्त्रिक व्यवस्था पुष्पकमल दाहाल नेतृत्व माओवादीबाटनै सम्भव भएको र अबको अवस्था परिवर्तनका निम्ति पनि नेकपा (माओवादी केन्द्र) ठुलो भूमिका निभाउने बताए।कम्युनिष्ट आन्दोलनलाई जोगाउन र निरन्तरता दिनको लागि आफ्नो पार्टीले एमालेसँग पार्टी एकता गरेको तर पछि केपी ओलीको तानाशाही,एकलौटी निर्णय र गलत प्रवृतिका कारण पार्टी फुटको अवस्थामा पुगेर आफुहरुले पुरानै नेकपा (माओवादी केन्द्र) पार्टीको निर्माण गरेर जनतासामु आएको बताए साथै केपी ओलीको बिगतको गल्ति र भूलको कारणले आज नेकपा एमाले पार्टी बिलय हुदै गएकोमा जोड दिए।
नव निर्वाचित जनप्रतिनिधिलाई अबको पाँच बर्ष जनताको सेवकको रुपमा रहेर जनभावना अनुरुप कार्य गर्नमा ध्यानाकर्षण गराए।