११ जेष्ठ २०७९ रामेछाप-रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको भिरकोटमा मंगलवार नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिकाले भिजयी सभा कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश अर्थ मन्त्रि सालिकराम जम्कट्टेलको उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य युवराज चौलागाई,निवर्तमान पालिका अध्यक्ष धावा लामाको उपस्थिति रहेको थियो भने कार्यक्रममा नवनिर्वाचित पालिका अध्यक्ष ठुलोकान्छा तामाङ,उपाध्यक्ष गीता बिष्ट चौलागाई,वडा अध्यक्षहरु लगायत नेता कार्यकर्ताको साथै स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा नवनिर्वाचित पालिका अध्यक्ष ठुलोकान्छा तामाङले जनताले आफुहरुलाई अमुल्य मत दिएर जिताएको र आफुहरु त्यसको ऋणी भएको बताए।पाँच बर्षीय कार्यकालमा जनताको सेवामा समर्पित भई जनताले लगाएको ऋणको सावा ब्याजसहितको जनताको कार्य गर्ने प्रतिबद्दता ब्यक्त गरे।
बिपक्षीदहरुले आफुहरुलाई हराउन अनेक आश्वाशन,जालझेल र प्रलोभन देखाएता पनि जनता झुठो आश्वाशन,लालझेल र प्रलोभनमा नपरी आफुहरुलाई बिश्वाश गरेर जिताएको र आफुहरु जनताको हित अनुरुपको कार्य गर्न तत्पर रहेको बताए।
त्यस्तै कार्यक्रममा नवनिर्वाचित पालिका उपाध्यक्ष गीता बिष्टले सुनापतिको विकास निर्माणकोलागि कृषि,खानेपानी र सिचाईमा जोड दिईन सुनापतिको भौगोलिक अवस्थालाई ध्यानमा राखी कृषि,खानेपानी र सिचाईमा जोड दिएर सोहिअनुरुपको बजेट निकासा गर्नकोलागि कार्यक्रममा उपस्थित प्रमुख अतिथि बागमती प्रदेश अर्थमन्त्रि सालिकराम जम्कट्टेललाई ध्यानाकर्षण गराईन साथै बागमती प्रदेशको अघिल्ला अर्थ मन्त्रि कैलाश ढुंगेलले सुनापतिवासीलाई र सुनापतिवासीको मतको अपमान गरेर आवश्यकता अनुरुपको बजेट नछुट्टाएको गुनासो गरिन।उपाध्यक्ष बिष्टले अबको ५ वर्ष हरेक सुनापति नागरिकको हित र भावना अनुरुपको कार्य गरेर अगाडी बढ्ने र हरेक समय जनताको सुख दुखमा साथ रहने प्रतिबद्दता समेत ब्यक्त गरिन।