काठमाडौं : सामाजिक सञ्जालमा अहिले नवराज विकको प्रेमीका भनिएकी युवती भन्दै एउटा अडियो सार्वजनिक भएको छ । जसमा सुरुमा एक महिला बोल्छिन्, जसमा उनी युवतीको आमा भनेर सम्बोधन गरिएको छ । फोन गर्ने ब्यक्तिले तपाईको छोरी पनि संगै छन् ? भनेर प्रश्न गर्छन, ति महिलाले संगै छ भनेर फोन दिएको बुझ्न सकिन्छ । अनि नवराजको प्रेमिका भनिएकी युवती परिचय दिएर केही प्रश्न गरिएको छ । जसमा उनीहरुको प्रेम सम्बन्धका बारेमा प्रश्न गरेका छन् ।
उनले जवाफमा पहिलो आफुसँग संधै कुराकानी हुने, नवराजको घरमा पनि आफु गएर बसेको ति युवतीले स्वीकार गरेको सुनिन्छ । उनले भनेकी छन्, पहिलो कुराकानी हुन्थ्यो, तर गएको फागुन देखि उ संग कुरा भएको थिएन । मलाई राम्रो लागेन त्यही भएर छोडेको हो। हिँजो पनि म संग कुरा भएन । उ वाहिर आएको थियो भन्ने थाहा पाएकी थिए, म घरमै टिभी हेरेर बसेकी थिए । गाउँमा हल्ला भएको पनि थाहा पाए ।
तर मेरो उ संग पछिल्लो समय कुनै सम्बन्ध थिएन ति युवतीले फोनमा भनेको सुनिन्छ । उनले आफु युवकको घरमा पनि गएर बसेको पनि स्वीकार गरेकी छन् । छोटो कुराकानीमा उनले नवराजसंग चिनजान भएको र चिनजानको क्रम फेसवुकवाट सुरु भएको वताएकी छन् । तर यो अडियोका आधिकारीकता भने छैन । वास्तवमै उनै युवती हुन् वा होइनन् त्यसको पुष्टि यो अडियोवाट गर्न सकिदैन । नवराजको प्रेमिका भनेर दा’वी गरिएकी युवती अहिले प्र’हरी हिरासतमा छन् । यो अडियो सुन्दा घट्ना भएको भोलीपल्टको हो भनेर बुझ्न सकिन्छ । किनकी युवतीले हिँजो भनेर बोलेकी छन् ।
सोती घट्नाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले आज पी’डित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । त्यस्तै सो समितिले भेरी नगरपालिका–४ का सञ्जु भनिने सञ्जीव विकको श’व स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
भारतमा एक नेपालीको केस मुण्डन गरियो
समितिले बिहीबारदेखि यहाँ आएर काम थालेको हो । उक्त घ,ट,ना,मा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सञ्जु विक र गणेश बुढा तथा भेरी –११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । भेरी –११ का गोविन्द शाही अझै बेु’पत्ता छन् ।
समितिलाई दलित अधिकारकर्मी सङ्घ र सङ्गठनले निष्पक्ष छानबिन गर्न माग गर्दै छ बुँदे ज्ञापनपत्र बुझाएको अधिकारकर्मी पार्वती विकले बताउनुभयो । उक्त ज्ञापनपत्र बुझ्दै संयोजक बस्नेतले सरकारले दिएको कार्यादेशका आधारमा काम हुने बताउनुभयो । उहाँले तोकिएको समयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइनेसमेत जानकारी दिए ।