काठमाडौँ – पछिल्लो २४ घण्टामा एकै पटक ४५७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एकै पटक ४५७ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै, ४८ जना संक्रमित उपचार पछि निको भएका छन्।
पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ। वैशाख पछि यो दोस्रो मृत्युको केस हो।
हाल सक्रिय सक्र्मित १ हजार ७ सय ७६ रहेको छ। हाल आइसियूमा १५ जना संक्रमित रहेका छन् भने भेन्टिलेटरमा १ जना संक्रमितको उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।