काठमाडौँ महानगरपालिकामा तीन वटा दमकल आइपुगेको छ । उक्त दमकलहरु मंगलबार बिहान महानगर आइपुगेको मेयर बालेन साहले जानकारी दिएका हुन् ।
मेयर साहका अनुसार, सो दमकलहरु यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो। पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको हो ।
आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनको भनाई छ ।