२० भाद्र २०७९ रामेछाप- आगामी मङ्सिर ४ हुन गईरहेको संघ/प्रतिनिधि सभा र प्रदेशको निर्वाचनमा रामेछाप जिल्लाकोलागि नेकपा ( माओवादी केन्द्र ) बाट प्रतिनिधिको नाम सिफारिस गरिएको छ। जस अन्तर्गत रामेछाप जिल्लाको संघ/प्रतिनिधि सभा सदस्यकोलागि नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य युवराज चौलागाईं,संघीय सांसद श्याम कुमार श्रेष्ठ,संविधान सभा सदस्य डिल्लीमान तामाङको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ सुनिता गौतम र लक्ष्मीगुरुङको नाम सिफारिस गरिएको छ।
त्यस्तै रामेछाप प्रदेश ‘ख’ को प्रत्यक्षकोलागि धावा लामा,पेमा लामा,कमान मोक्तान,कमला तामाङकोनाम सिफारिस गरिएको छ भने प्रदेश ‘ख’ को समानुपातिक तर्फ कान्छी तामाङ,गंगा बुढाथोकी,कर्नखर चौलागाईंको नाम सिफारिस गरि जिल्लामा पठाईएको छ।
गत भाद्र १९ गते आईतबार सुनापति गाउँपालिकाको सादी डाँडामा बसेको सुनापति गाउँपालिका कमिटि सचिवालय बैठकले सुनापति गाउँपालिका रामेछापले संघ र प्रदेशको निर्वाचनको लागि नाम सिफारिस गरेको नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिकाका अध्यक्ष तथा सुनापति गाउँपालिकाको अध्यक्ष ठुलोकान्छा तामाङले सुनौलोपानालाई बताए।