७ असोज २०७९ रामेछाप- आगामी असोज २८ गते देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा संचालन हुन गईरहेको नबौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा रामेछाप जिल्लाबाट १० खेलमा २२ जना खेलाडी सहभागी हुदैछन ।
जसअन्तर्गत उसु तर्फ सागर खड्का,आई टि एफ तेक्वान्डोमा सुजन ब्लोन, जुडो तर्फ सरिता मगर, रन्जना खड्कार रोजिना थापा रहेका छन त्यस्तै कबड्डीतर्फ सुनिल श्रेष्ठ र करुणा कार्की,फुल कन्ट्र्याक कराते तर्फ रसिला श्रेष्ठ,तेक्वान्डोमा सन्ध्या लामा,एथलेटिक्स ज्यावलिङ थ्रोतर्फ कृष्णा खड्का,एथलेटिक्स डिसकस थ्रोमा अनिता कार्की,एथलेटिक्स सटपुटमा प्रचण्ड ढुंगेल, एथलेटिक्स ट्रिप लजम्पमा रोशन कुमार पहरी रहेका छन।
त्यस्तै भलिबलतर्फ रोशन मगर, बिबेक ध्वज कार्की, प्रेम माया तामाङ, सुनिता गौतम सहभागी हुदैछन भने स्क्वासतर्फ भावना सुनुवारले सहभागी जनाउदै छिन।त्यस्तै रक्बी तर्फ नबिन कुमार माझि,अनिल माझि, ओम बहादुर माझ र निकिता चौहानले सहभागी जनाउने रामेछाप जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सरोज जंग गाहा मगरले सुनौलोपानालाई जानकारी गराए साथै रामेछाप जिल्लाबाट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले उत्कृष्ट नतिजा ल्याउनेमा आफु बिश्वस्त रहेको समेत बताए।