१६ असोज २०७९ काठमाण्डौ – रामेछाप जिल्ला सुनापति गाउँपालिकाको अध्यक्ष ठूलोकान्छा तामाङले बिजया दशमी, दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा सुनापति गाउँपालिकाबासि लगायत देश तथा बिदेशमा रहेका नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन।
चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै अध्यक्ष तामाङले विश्वभर फैलिएको कोरोन माहामारी अन्त्य नभईसकेको अवस्था र डेंगुको महामारीको कारण समग्र सुनापतिबासीलाई आफ्नो गक्ष र क्षमता अनुसार संयमित र सुरक्षित भई चाडपर्वहरुको महत्वलाई बुझी आफन्त नातागोतामाझ हर्सोल्लास तरिकाले मनाउनकोलागि अपिल गरेका छन। यी चाड पर्वहरुले सुनापति गाउँबासि लगायत देश बिदेशमा रहेका नेपालीहरुमा सुख शान्ति, समृदि,सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोतर प्रगति होस् भनि कामना समेत गरेका छन।
सुनापति गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङको दशैँ तथा अन्य चाडपर्वको बारेमा दिएको शुभकामना सन्देश (भिडियो)