१६ असोज २०७९ काठमाण्डौ – रामेछाप जिल्ला सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता बिष्ट चौलागाईंले बिजया दशमी, दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा सुनापति गाउँपालिकाबासि लगायत देश तथा बिदेशमा रहेका नेपालीहरुलाई शुभकामना व्यक्त गरेकी छिन।
विश्वभर फैलिएको कोरोन माहामारी अन्त्य नभईसकेको अवस्था र डेंगुको महामारीको कारण समग्र सुनापतिबासीलाई आफ्नो गक्ष र क्षमता अनुसार संयमित र सुरक्षित भई चाडपर्वहरुको महत्वलाई बुझी आफन्त नातागोतामाझ हर्सोल्लास तरिकाले मनाउनकोलागि अपिल गरेकी छिन।
साथै यी चाड पर्वहरुले सुनापति गाउँबासि लगायत देश बिदेशमा रहेका नेपालीहरुमा सुख शान्ति, समृदि,सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोतर प्रगति होस् भनि शुभकामना व्यक्त गरेकी छिन।