१८ असोज २०७९ काठमाण्डौ – रामेछाप जिल्ला सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छ तामाङले सुनापतिलाई चिनाउनकोलागि कला, संस्कृतिको महत्व रहेको बताएका छन।
दशैंको अवसरपारि सोमबार आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा शुभकामना मन्तब्य राख्दै अध्यक्ष तामाङले कला,संस्कृतिको महत्वबारे बताएका थिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त गर्न सफल कलाकारहरु उत्पादन गर्नकोलागि यस्ता साँस्कृतिक कार्यक्रमको महत्व रहेको र स्थानीय स्तरमा हुने यस्ता कार्यक्रमहरुलाई गाउँपालिकाबाट सक्दो सहयोग गर्ने समेत बताए।
शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको भिडियो सामाग्री