२६ असोज २०७९ रामेछाप-रामेछाप जिल्लाको प्रदेश ‘क’ र ‘ख’ मा क्रमश बागी उम्मेदवारी दिएका वागमति प्रदेश सदस्य रवीन्द्र पौडेल र (माओवादी केन्द्र) का वागमति प्रदेश सचिवालय सदस्य तथा संविधानसभा सदस्य डिल्लीमान तामाङले दर्ता गरेका स्वतन्त्र उम्मेदवारी आज स्वयं उपस्थित भएर निर्वाचन आयोगबाट औपचारिक रुपमा उम्मेदवारी फिर्ता लिएका छन।
मंगलवार जिल्लाका पदाधिकारी र बागमती प्रदेश कमिटीका पदाधिकारीबीच भएको सहमति अनुसार रामेछापमा माओवादीलाई सांगठानिक रुपमा बलियो बनाउने सहमतिसहित पौडेल र तामाङले उम्मेदवारी फिर्ता लिएका हुन।













