११ मंसिर २०७९, आईतबार,रामेछाप-रामेछापको तिन वटै सिटमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरुले जित हासिल गरेका छन।प्रतिनिधि सभाका साझा उम्मेदवार पुर्ण बहादुर तामाङ (कान्छाराम) ले ४७०९८ मत प्राप्त गरि बिजयी भएका छन। उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार कैलाश ढुंगेलले भने ३०७२९ मत प्राप्त गरेका छन।तामाङले ढुंगेललाई १६३६९ मतेले पछि पार्दै जित हासिल गरेका हुन।
रामेछाप प्रदेश सभा “क” बाट बागमती प्रदेश सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) बाट तारा नारायण श्रेष्ठ बिजयी भएका छन।उनले १७१४८ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार शान्ति प्रसाद पौडेलले १५१५७ मत प्राप्त गरेका छन।श्रेष्ठले पौडेललाई १९९१ मतले पछि पार्दै जित हासिल गरेका हुन। त्यस्तै रामेछाप प्रदेश “ख” बाट बागमती प्रदेश सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्लाको बाम लोकतान्त्रिक गठबन्धन तर्फका साझा उम्मेदवार युवराज चौलागाईं बिजयी भएका छन।उनले २२९७९ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार मिलन घिसिङले भने १८२०६ मत प्राप्त गरेका छन।चौलागाईंले घिसिङलाई ४७७३ मतेले पछि पार्दै जित हासिल गरेका हुन।
यस्तो छ रामेछाप प्रतिनिधि सभाको अन्तिम मत परिणाम