११ मंसिर २०७९, आईतबार,रामेछाप- रामेछाप प्रदेश “ख” बाट बागमती प्रदेश सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्लाको बाम लोकतान्त्रिक गठबन्धन तर्फका साझा उम्मेदवार युवराज चौलागाईं बिजयी भएका छन।उनले २२९७९ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार मिलन घिसिङले भने १८२०६ मत प्राप्त गरेका छन।चौलागाईंले घिसिङलाई ४७७३ मतेले पछि पार्दै जित हासिल गरेका हुन।