२०७९ पौष ९ शनिवार काठमाण्डौ-नयाँ सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पुनः छलफल हुने भएको छ।
आजपनि प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच छलफलको तयारी रहेको स्रोतले जनाएको छ।शुक्रबार अपरान्हसम्म बसेको बैठक निष्कर्षविहीन टुंगिएपछि आज पुनः छलफल हुन लागेको हो।
सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा नमिलेपछि हिजोको बैठक निष्कर्षविहीन टुंगिएको थियो। यहीँ विषयमा आज पनि छलफल हुने भएको छ। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलि आइतबार साँझ सकिँदै छ।