४ माघ बुधबार २०७९ काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र बहादुर शाही नियुक्त भएका छन।
राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रतिनिधिसभातर्फको प्रमुख सचेतकको रुपमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।