३ माघ मंगलवार २०७९ काठमाडौँ- बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ।
मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले शाहलाई सफाइ दिएको हो। बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिइएको हो । शाह पछिल्लो ११ महिनादेखि तनहुँ जिल्ला कारागारमा थुनामा छन।
२०७८ गत ११ फागुनमा नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो। त्यसपछि फरार रहेका शाहले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमै पुगेर आत्मसमर्पण गरेका थिए। त्यस्तै, यही आरोपसहित शाहविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो। नवलपुर जिल्ला अदालतले भने उनलाई बलात्कार मुद्दामा सफाइ दिएर बाल यौन दुरूपयोग कसुरमा साढे २ वर्ष कैद सजाय सुनाएकाे थियाे।