१३ फागुन २०७९ शनिवार,काठमाण्डौ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।
शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
‘प्रदेशमा पनि सोहीअनुसार गर्ने निर्णय भएको छ,’ उनले भने।
पुस १० मा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। उक्त सहमतिअनुसार बनेका प्रदेश सरकारमा पनि राप्रपाले सहभागिता भएको थियो। सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बनेर सहभागी बनेका थिए। राप्रपाबाट विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बनेका थिए।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको थियो। रास्वपाले सरकारबाट बाहिरिँदा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन।
आज बिहान बसेको राप्रपाको बैठकले निकालेको प्रेस बिज्ञप्ति निम्न रहेको छ।