Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

श्रीमान जीवित हुँदै एकल महिला भत्ता, घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा

सुनाैलाे पाना  सुनाैलाे पाना
चैत्र ११, २०७९
in FEATURE, समाचार
0
श्रीमान जीवित हुँदै एकल महिला भत्ता, घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा
177
SHARES
Share on FacebookShare on Twitter

शुक्रवार १० चैत्र २०७९ रामेछाप- रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३, ठुलीमदौकी निर्मला खत्रीले श्रीमान् रामबाबु खत्री जीवित हुँदै एकल महिला भत्ता लिइरहेको पाइएको हो। पति रामबाबुले आफैँले कागज बनाइदिएर श्रीमती निर्मलालाई एकल महिला भत्ता खुवाएको पाइएको छ।

निर्मलाले गत माघसम्ममा १५ महिनाको एकल महिला भत्ताबापतको रकम बुझिसकेकी छन्। मन्थली नगरपालिकाको तथ्याङ्कअनुसार निर्मलाले गत माघसम्म मासिक दुई हजार ६६० रुपैयाँका दरले १५ महिनामा ३९ हजार नौ रुपैयाँ सामाजिक सुरक्षा भत्ता बुझेकी हुन् ।

जिल्ला प्रशासन कार्यालय रामेछापमा कार्यालय सहयोगी पदमा कार्यरत रामबाबुले श्रीमती निर्मलालाई २०७८ साल भदौ २१ गते एकल महिला परिचयपत्र बनाइ दिएको पाइएको छ। सिन्दूर पोतेसहित रातो पहिरनमा नेपाल इन्भेस्टमेन्ट बैङ्कमा सामाजिक सुरक्षा भत्ताबापतको रकम झिक्न पुग्नुभएकी निर्मलालाई बैङ्क कर्मचारीलाई शङ्का लागेपछि सोधपुछ गरेपछि निर्मलाको पति जीवित नै रहेको तथ्य बाहिर आएको हो।

आफू जीवित हुँदै श्रीमतीलाई एकल महिला भत्ता खुवाएको रहस्य सार्वजनिक भएपछि कारबाही हुने डरले खत्रीले आफ्नो जागिर जिल्ला प्रशासन कार्यालयबाट जिल्ला कारागार रामेछापमा सरुवासमेत गरेका थिए। त्यहाँबाट पनि कारबाहीमा परिने डरले उनले हतार–हतार जागिर छाडेका छन्। खत्रीको एकल महिला प्रमाणपत्र तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते सोही दिनदेखि लागू हुने गरी बनाई दिएका थिए ।

महतोले खत्रीकी श्रीमती निर्मलालाई बनाइदिएको एकल महिला परिचयपत्रमा बाबु–आमाको मात्र नाम खुलाइएको छ तर पतिको नाम खुलाइएको छैन। निर्मला खत्रीले एकल महिला भत्ता लिएको कुरा सत्य भए पनि यो आफू निर्वाचित भएर आउनुअघिकै घटना भएको मन्थली नगरपालिका वडा नं। ३ का वडाध्यक्ष कृष्णगोपाल थापाले बताए । गोरखापत्र दैनिकबाट

Previous Post

प्रधानमन्त्री प्रचण्डले फेरि पाए विश्वासको मत

Next Post

कवि परियारको “फर्क आफ्नै देश” कविता पाठ्यपुस्तकमा समावेश

सम्बन्धितपाेस्ट

बक्सिङका अन्तर्राष्ट्रिय  निर्णायक मैनाली “राष्ट्रिय खेलकुद सम्मान २०८१” बाट सम्मानित
FEATURE

बक्सिङका अन्तर्राष्ट्रिय निर्णायक मैनाली “राष्ट्रिय खेलकुद सम्मान २०८१” बाट सम्मानित

असार १७, २०८२
ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त
FEATURE

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

जेष्ठ ३, २०८२
नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध
FEATURE

नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

बैशाख २५, २०८२
नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो
FEATURE

नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

बैशाख ७, २०८२
आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट
FEATURE

आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

बैशाख ६, २०८२
दुर्गा प्रसाईंले भारतको आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ
FEATURE

दुर्गा प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ

चैत्र २९, २०८१
Next Post
कवि परियारको “फर्क आफ्नै देश” कविता पाठ्यपुस्तकमा समावेश

कवि परियारको "फर्क आफ्नै देश" कविता पाठ्यपुस्तकमा समावेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

बक्सिङका अन्तर्राष्ट्रिय  निर्णायक मैनाली “राष्ट्रिय खेलकुद सम्मान २०८१” बाट सम्मानित

बक्सिङका अन्तर्राष्ट्रिय निर्णायक मैनाली “राष्ट्रिय खेलकुद सम्मान २०८१” बाट सम्मानित

असार १७, २०८२
ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

जेष्ठ ३, २०८२
नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

बैशाख २५, २०८२
नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

बैशाख ७, २०८२
आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

बैशाख ६, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    295 shares
    Share 118 Tweet 74
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 67
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 103 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    252 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : सुभाङ्गम रावत
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist