आइतवार,१२ चैत्र,२०७९ काठमाण्डौ- रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा न ४ मा जन्मिएका कवि विक्रमपवन परियारद्धारा लिखित “फर्क आफ्नै देश” भन्ने शिर्षकमा लेखिएको कविता कक्षा ८ को नेपाली पाठ्यपुस्तकमा समावेश भएको छ। कवि विक्रमपवन परियारको उक्त कवितालाई नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले कक्षा ८ को नेपाली पाठ्यपुस्तकमा समावेश गरेको हो।
परियारको “फर्क आफ्नै देश” भन्ने कविता ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा देशभरबाट छनौटको लागि परेका कविता मध्ये प्रथम हुन सफल थियो। हालसम्म परियारले कविताको विविध विधामा पुरस्कृत भइसकेका छन। परियारको २०६८ सालमा ‘जलेको मुटु’ गजल संग्रह, २०७१ मा खण्डकाव्य लगायत आधा दर्जन गीत रेकर्ड भईसकेको छ।