१२ पुष २०८१ शुक्रवार,काठमाण्डौ- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन। श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई बिहीवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो।
वैद्य बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए। त्यसक्रममा स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकहरूलेनै भर्ना गरेरै उपचार गर्नुपर्ने भनेपछि उनलाई भर्ना गरिएको थियो।