Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

तीनकुनेमा सरकारले व्यक्तिको जग्गा लुटेको मेरो उमेर भन्दा बढी समय भयो : मेयर बालेन

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस १२, २०८१
in FEATURE, समाचार
0
तीनकुनेमा सरकारले व्यक्तिको जग्गा लुटेको मेरो उमेर भन्दा बढी समय भयो : मेयर बालेन
Share on FacebookShare on Twitter

१२ पुष २०८१ शुक्रवार,काठमाण्डौ-काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले तीनकुनेमा रहेको व्यक्तिको जग्गा वर्षौंदेखि सरकारले लुटेर राखेको बताएका छन।

सरकारले विभिन्न बाहना गर्दै तीनकुनेका जग्गा धनीहरूलाई अहिलेसम्म पनि मुआब्जा नदिएको र मुआब्जा दिने प्रक्रिया नै अघि नबढाएको पनि उनले बताए।

‘५० औं वर्षदेखि समस्या समाधान भएको छैन,उहाँहरूले मुआब्जा पाउनु भएको छैन,’ तीनकुनेभित्रका जग्गा धनीहरूको सहमति र सरस्वती युथ क्लवको सहकार्यमा भएको प्रथम कोटेश्वर महोत्सवमा शुक्रबार बोल्दै मेयर शाहले भने, ‘कोही नेताहरूले मुआब्जाको प्रक्रिया अघि बढेको छ भन्नु भयो भने नपत्याउनुहोला, कुनै प्रक्रिया भएको छैन।’

उनले महोत्सव गर्न कार्यक्रम स्थल उपलब्ध गराएकोमा जग्गा धनीहरूलाई धन्यवाद पनि दिएका थिए।

साथै उनले तीनकुनेका जग्गा धनीहरूलाई मुआब्जाका लागि संघीय सरकारले काम अघि बढाउनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको अहिलेको संघीय सरकारलाई दुई तिहाइ सांसदहरूको समर्थन छ। यसतर्फ लक्ष्य गर्दै मेयर शाहले भने, ‘यसपालि त दुई तिहाइको सरकार छ तैपनि केही गरेको छैन। कोही नेता घरमा आएर प्रक्रिया अघि बढेको छ भन्नुभयो भने नपत्याउनुहोला, प्रक्रिया केही बढेको छैन। मुआब्जा चाँडै होस् शुभकामना दिन सकिन्छ।’

साथै मेयर शाहले एमालेलाई लक्ष्य गर्दै वडा नम्बर ३२ का जनप्रतिनिधिदेखि संघीय सरकार बनाएको पार्टीले चाहेमा मुआब्जा दिन सक्ने पनि बताए। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा एमालेले जितेको थियो।

‘हाम्रो त वडा समिति पनि त्यही, सरकार, प्रधानमन्त्री तथा अर्थमन्त्री पनि सोही पार्टीको,’ एमालेप्रति लक्ष्य गर्दै उनले भने, ‘अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन। स्थानीय सरकारदेखि संघीय सरकारसम्मलाई भन्नुहोला, मलाई पनि भन्नुहोला। हाम्रो उमेरभन्दा पनि बढी भयो यो ठाउँको जग्गा सरकारले लुटेको।’

महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै मेयर शाहले नेपालमा उत्पादित सामग्री खरिदबिक्री गर्न आग्रह गरेका थिए।

‘नेपालमा बनेको सामग्री धेरै महँगो हुन्छन् किन महँगो हुन्छन् भन्दा किन्ने मान्छेहरू धेरै नभएर महँगो भएको हो। पसलहरूले सबै नेपालमा बनेको सामान प्रोत्साहन गर्दै लैजानुभयो भने त्यसको मूल्य पनि घट्दै जान्छ। नेपालमा बनेको लुगा र सामान छैन भनेर सोध्नुभयो भने पसलेहरू पनि उत्साहित हुन्छन्,’ उनले भने।

उद्यान बनाउन भन्दै तीनकुनेको जग्गा अधिग्रहण गरिएको थियो। वि.सं. २०३१ सालमा तत्कालीन सरकारले पञ्चायत स्मारक उद्यान बनाउन करिब ५३ रोपनी जग्गा अधिग्रहण गरे पनि अहिलेसम्म उद्यान निर्माण तथा जग्गाको मुआब्जा दिने काम सम्पन्न भएको छैन।

Previous Post

मोहन वैद्य (किरण) अस्पताल भर्ना

Next Post

गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सम्बन्धितपाेस्ट

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)
FEATURE

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

मंसिर २५, २०८२
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
FEATURE

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

मंसिर २५, २०८२
मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान
FEATURE

मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मंसिर २५, २०८२
Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो
FEATURE

Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

मंसिर २५, २०८२
FEATURE

मंसिर २५, २०८२
एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

मंसिर २५, २०८२
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

मंसिर २५, २०८२
मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मंसिर २५, २०८२
Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

मंसिर २५, २०८२

मंसिर २५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    253 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist