Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

ओलीमाथि भीम रावलको प्रश्नै-प्रश्न, आरोपै-आरोप

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस १७, २०८१
in FEATURE, समाचार
0
ओलीमाथि भीम रावलको प्रश्नै-प्रश्न, आरोपै-आरोप
212
SHARES
Share on FacebookShare on Twitter

१७ पुष २०८१ बुधवार ,काठमाण्डौ- नेकपा (एमाले) बाट निकालिएका भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न गरेका छन।

एमालेले संगठित सदस्यबाट हटाएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका रावलले वाम गठबन्धन, माओवादीसँग पार्टी एकतादेखि प्रतिनिधि सभा विघटन, सर्वोच्च अदालतको फैसला तथा एमाले विभाजनको घटनाक्रमसम्म ओलीको भूमिकाप्रति प्रश्नैप्रश्न उठाएका हुन्।

विभिन्न राजनीतिक घटनाक्रमहरूमा ओलीले विधि विधान र अनुशासनविपरीतका क्रियाकलाप गरेको उनको आरोप छ।

‘उहाँको भनाइ र गराइमा कति फरक छ। विधि पद्दति अनुशासन र जिम्मेवारीका कुरा उहाँको फोस्रो गफबाहेक केही होइन,’ उनले भने।

उनको क्रियाकलाप कति स्वेच्छाचारी छ भन्ने विषय ओलीका निर्णयहरू पटकपटक सर्वोच्च अदालतबाट उल्टिनुले पनि पुष्टी हुने बताए।

‘प्रतिनिधि सभा विघटनलाई संविधान विपरीत ठहर गर्दै सर्वोच्चको परमादेशले गठन भएको सरकारलाई बारम्बार परमादेशी सरकार भनेर कटाक्ष गर्नुभएको थियो। तर कोशी प्रदेशमा अदालतमा मुद्दा दायर गर्दै परमादेशको आधारमा सरकार गठन गर्न किन लगाएको?,’ उनले भने।

प्रतिनिधि सभा विघटन र त्यसपछि सर्वोच्चको अदालतबाट पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि दस बुँदे पक्षधरसँग सहमति गर्ने तर सहमति कार्यान्वयन नगरेको पनि उनले बताए।

‘सुदूरपश्चिम कमिटीको संयोजक थिएँ। एकीकरण हुँदा इन्चार्ज थिएँ। मेरो हकमा भने पूर्ववत् जिम्मेवारी नै दिने सहमति लागु नहुने तर्क कुन निर्णय र नैतिक धरातलको आधारमा गर्नुभयो?,’ उनले भने।

दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि ओली आफूविरूद्ध खुलेरै लागेको बताए।

‘सौराहामा नाराबाजी गर्न लगाइयो। खुल्ला समयमा मञ्चबाट आफ्नो पक्षमा नाराबाजी गर्न लगाउने, डकुमेन्ट्री देखाउने, बन्द सत्रमा पनि त्यस्तै डकुमेन्ट्री देखाउने, तर अध्यक्षको उम्मेदवार मलाई मन्तव्य राख्न नदिने प्रचार गर्न नदिने,’ उनले भने, ‘मेरो पक्षमा बोल्ने र पत्रकार सम्मेलन गर्नेलाई हप्किदप्की गर्ने दबाबमा राख्ने। उम्मेदवार फिर्ता गर्न लगाइयो।’

रावलले नयाँ पार्टी खोल्नेबारे जानकारी दिने भनेपनि पत्रकार सम्मेलनमा पार्टी गठनबारे खुलेर बताएनन। बरू ओलीले आफूमाथि गरेको ‘दमन’ को फेहरिस्त सुनाए, स्वेच्छाचारी ढंगले पार्टी चलाएको भनेर विभिन्न विषयमा आरोपै आरोप लगाए।

Previous Post

१२ बर्षको उमेरदेखि हलो जोतेका रामेछाप सुनापतिका ६८ बर्षीय बच्चु कार्कीको संघर्षका कथा (भिडियो)

Next Post

अमेरिकी डलरको मूल्य बढ्यो

सम्बन्धितपाेस्ट

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

जनताले परिवर्तन चाहेपछि संसारको कुनै शक्तिले रोक्न सक्दैन: रवि लामिछाने

चैत्र ५, २०८२
Next Post
अमेरिकी डलरको मूल्य बढ्यो

अमेरिकी डलरको मूल्य बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    305 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist