काठमाडौं । नेपाल तरुण दलले कोरोना संक्रमण महामारीको बेला अग्रपंक्तिमा रहेर सेवा दिने चिकित्सक तथा स्वास्थ्यकर्मीर्ला दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ। तरुण दलले सोमबार विहान एक विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्यकर्मीमाथि र्व्यवहार गर्नेलाई कारवाही गर्न माग गरेको हो।
अहिलेको विषम परिस्थितिमा समाजको अग्रपंङतीमा रहि जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायतलाई सरकार र नेपाली जनता सबै मिलेर उच्च मनोबल र हौसला समेत प्रदान गर्न नेपाल तरुण दलले अनुरोध गरेको छ ।
नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतको हस्ताक्षर रहेको विज्ञप्तीमा यस्तो लेखिएको छ : बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारी नेपालमा पनि दिनानुदिन बढीरहेको छ । पछिल्लो समयमा समुदाय स्तरमा नै फैलिएको हो कि भन्ने आशंका पनि गरिएको छ र यसैलाई मध्यनजर गर्द केही दिन देखि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।
यस्तो विषम परिस्थितिमा समाजको अग्रपंङतीमा रहि जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ता प्रति नेपाल तरुण दल केन्द्रिय समिति उच्च सम्मान प्रकट गर्दछ । साथसाथै विगत केहि दिन देखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगाएत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदाय प्रति हुँदै आएको दुर्व्यवहार अपहेलाना र आक्रमण प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसैले यस्तो अमानवीय व्यवहारमा संलग्न जोसुकै होस कारवाहीको दायरामा ल्याउन र अग्रपंङतीमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ।