१० माघ २०८१ बिहिवार,रामेछाप -समुन्द्री सतहदेखि करीव २३०० मिटरको उचाइमा अवस्थित रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको सुनापति महादेवको मन्दिर रहेको सुनापति डाँडामा ३० फिट अग्लो महादेवको मुर्ति निर्माण हुने भएको छ।
विधिवत पुजा गरेर गत सोमवार सुनापति गाउँपालिकाका अध्यक्ष ठुलाे कान्छा तामाङले शिवको मुर्ति शिलान्यास गरेका थिए।
शिवको मुर्ति शिलान्यासमा गाउँपालिकाको अध्यक्ष ठूलोकान्छा तामाङको साथै वडा न. ३ का वडा अध्यक्ष कुल बहादुर थिङ, निवर्तमान वडा अध्यक्ष बाबुराम तामाङ लगायत सुनापति गाउँपालिका योजना शाखा प्रमुख लगायत अन्य प्राबिधिक कर्मचारीहरुको उपस्थिति रहेको थियो।
अनुमानित ४० लाख लागतको बजेटमा उक्त मुर्ति निर्माण कार्य सुरु गरिएको छ। मुर्ति निर्माण पश्चात यस क्षेत्रमा स्थानीय तथा बाह्य पर्यटकको संख्यामा बृद्दि हुने गाउँपालिकाको बिश्वास रहेको छ।
यहि सुनापति डाडाँको नामबाट नै यस पालिकाको नामाकरण गरिएको यहाँहरु माझ जानकारी गराउदछौ। रामेछाप जिल्लामा सुनापति डाडाँकोे एक अलग पहिचान रहेको छ । एकातिर यो साविकका हिलेदेबी,बेथान र खनियापानी गाउँ विकास समितिहरुको संगम स्थल हो भने अर्को तर्फ हिन्दु र वौद्ध धर्मालम्वीहरुको धार्मिक र सांस्कृतिक केन्द्र विन्दु पनि हो।
यस गाउँपालिकाको सिमाना पूर्वमा खाँडादेबी गाउँपालिका पश्चिममा चौरीखोला उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सुनकोशी नदी पर्दछ।