Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुनापति गाउँपालिका वडा न.४ को सहकार्यमा ३ दिने कार्यशाला,गोष्ठी तथा चित्र प्रदर्शनी कार्यक्रम सम्पन्न

सुनाैलाे पाना  सुनाैलाे पाना
माघ ११, २०८१
in FEATURE, समाचार
0
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुनापति गाउँपालिका वडा न.४ को सहकार्यमा ३ दिने कार्यशाला,गोष्ठी तथा चित्र प्रदर्शनी कार्यक्रम सम्पन्न
Share on FacebookShare on Twitter

११ माघ २०८१ शुक्रवार- रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा न.४ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुनापति गाउँपालिका वडा न.४ को सहकार्यमा ३ दिने (माघ ७,८,९ गते) कार्यशाला, गोष्ठी तथा चित्र प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।

सुनापति गाउँपालिका वडा न.४ ले १ लाख र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले १ लाख ५० हजार गरि २ लाख ५० हजारमा उक्त कार्यक्रम भएको हो।

निरिमाया मोक्तानले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङको उपस्थिति रहेको थियो।कार्यक्रममा बिशेष अतिथिको रुपमा वडा.४ का वडा अध्यक्ष डण्डूप लामा,सुनापति गाउँपालिकाका प्रज्ञा प्रतिष्ठानका उपकुलपति मान बहादुर दोङ,परम्परागत चित्रकला विभागीय प्रमुख पाल्साङमो लामा,त्यस्तै अतिथिको रुपमा प्राज्ञा सुन्दर सृंखला,मिङमा लामा,समाजसेवी मानध्वज तामाङ,मेलमिलाप संयोजक अनराज तामाङको उपस्थिति रहेको थियो।त्यस्तै कलाकारहरु शंकर कुमार जोशी,समुन्द्रमान सिङ श्रेष्ठ,रामप्रकाश श्रेष्ठ,अमृत डंगोल,देबेन्द्र सिङ्खौला,हरि प्रसाद बैद्य, महेश्वर डंगोल, बिनम्र डंगोल,राम सुन्दर ख्याजु,बलराम न्हीसुतु,सुन्दर श्रेष्ठ,सुरेन्द्र सिल्पकर,राज कुमार राना मगर,सुन्दर सिङ्ख्वला,मुकेश श्रेष्ठ,बुद्दिजीवि संगठनका अध्यक्ष अशोक कुमार कार्कीको साथै प्रशिक्षार्थीहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको सभा अध्यक्ष प्रशिक्षक विकास लामाले गरेका थिए।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि ठूलोकान्छा तामाङले आफुले बिगतमा १८ बर्ष थाङ्का व्यवसाय गरेको अनुभव बताउदै सुनापति गाउँपालिकालाई थाङ्का हब बनाउनुको साथै रोजगारको सिर्जना गर्नेमा जोड दिएका थिए। साथै सुनापति गाउँपालिकामा उत्पादित थाङ्कालाई उचित बजार व्यवस्थापन गर्ने र सुनापतिमा थाङ्का हब बनाउनकोलागी गाउँपालिका बाट गर्नु पर्ने आवश्यक सहयोग गर्न तत्पर रहेको समेत बताए। साथै सुनापति गाउँपालिकाले पर्यटकीय गन्तब्य स्थल बनाउनकोलागि थाङ्का हबले महत्वपूर्ण भूमिका खेल्ने पनि बताए।

त्यस्तै बिशेष अतिथि वडा न. ४ का वडा अध्यक्ष डण्डूप लामाले थाङ्का उत्पादनका कठिनाई र आर्थिक समस्याको बारेमा जोड दिएका थिए।

त्यसै गरि कार्यक्रमको सभा अध्यक्ष प्रशिक्षक विकास लामाले थाङ्काको ईतिहास महत्व र थाङ्का निर्माणको बिषयमा आफ्नो भनाई व्यक्त गरेका थिए।साथै राज्यले थाङ्कुलाई उद्योगको रुपमा व्यवस्थापन गर्नु पर्नेमा जोड दिए।

कार्यक्रमका बिशेष अतिथि सुनापति गाउँपालिकाका प्रज्ञा प्रतिष्ठानका उपकुलपति मान बहादुर दोङले थाङ्काको विकास प्रवर्दनकोलागि वडा न. ४ बाट सुरुवात गरेको र प्रशिक्षार्थीहरुको मनोबल बढ्ने गरि प्रशिक्षण दिनु पर्ने बताए। साथै उत्पादिन थाङ्कालाई उचित मुल्य र बजार व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

त्यस्तै कार्यक्रमका अतिथि चित्रकला बिभागका प्रमुख पासाङ लामाले प्रशिक्षार्थीहरुले पुर्खाहरुले दिएको सन्देशलाई लिएर थाङ्का निर्माण कार्य गर्नुपर्ने र आफुले सिकेको सिप ज्ञान अरुलाई पनि प्रदान गर्नु पर्नेमा जोड दिए।

कार्यक्रममा उपस्थित अतिथि मिङमा लामाले थाङ्कुको ईतिहास र महत्वको बिषयमा कार्यपत्र पस्तुत गरेकी थिइन।थाङ्कु भनेको हिंसा,हत्या कोलाहाल आतंकको बिरुद्दमा शान्त संसार निर्माण गर्नकालागि गौतम बुद्धले सिर्जना गरेका कला रहेको र वास्तबमा “थाङ” भनेको रेसा र “कु” भनेको मानिसको भित्रि आत्माबाट प्रस्फुटन भएको चित्र रहेको ब्याख्य गरेकी थिइन।साथै थाङ्काको ऐतिहासिक पक्ष, थाङ्काको अर्थ,दार्शनिक पक्ष,थाङ्का कलाको महत्व,थाङ्का कलाको महत्व, थाङ्काको धार्मिक पक्ष,साँस्कृतिक पक्ष,शैशिक पक्ष,परम्परागत थाङ्का/ पौवा कलामा युवाको भूमिका, थाङ्का चित्रकलामा महिलाको सहभागिता र अर्थ आर्जनमा थाङ्का लगायतको बिषयमा प्रशिक्षण दिएकि थिइन।

त्यस्तै कार्यक्रम संचालिका निरिमाया मोक्तानले शिक्षा स्वास्थ्य पर्यटनलाई जोड्नकोलागि थाङ्का र पौवाको कलाकार सँगै कनटेम्पोरिको कलाकारहरुलाई एकै साथ सहकार्यमा जोडेर दोरम्बा शैलुङ गाउँपालिका, सुनापति गाउँपालिका लगायत सुनापति गाउँपालिका भित्र निर्माण भएका मछिन्द्रनाथ, १०८ लहरे माने, छ्योर्देन,डहू मा.वि. जस्ता संरचनाहरुको चित्र बनाएर सुनापति गाउँपालिकामा संग्रालयको रुपमा संरक्षण गरेर राख्न सकिने बताउदै सुनापति गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण गराएकी थिइन।

माघ ८ गते मंगलवार सुनापति गाउँपालिका वडा न.४ डहूमा रहेको डहू मा.वि मा चित्रकला प्रदर्शनी तथा कार्यशाला प्रस्तुत गरिएको थियो।

चित्रकला प्रदर्शनी पश्चात डहू मा.वि.का प्रधानाध्यापक दल बहादुर बलले यस्ता किसिमको प्रदर्शनीले सकारात्मक प्रभाव परेको र शिक्षाका अन्य पाटाहरु जस्तै कलालाई पनि शिक्षाको रुपमा लिन सकिने बताए। कला क्षेत्रमा लाग्छु भन्ने बिद्यार्थीहरुकालागि यस्तो प्रदर्शनीले सकारात्मक असर पर्ने र बिद्यार्थीहरुलाई हौसला प्रदान गर्ने भएकोले यस्तो प्रदर्शनीलाई सम्मान गर्नु पर्ने बताए।  

Previous Post

रामेछापको सुनापति डाँडामा ३० फिट अग्लो महादेवको मुर्ति निर्माण हुने, विधिवत पुजासहित अध्यक्ष ठूलोकान्छा तामाङद्वारा शिलान्यास

Next Post

रामेछापको सुनापति गाउँपालिका वडा न.१ गुन्सिमा भब्य सोनाम ल्होछार कार्यक्रम आयोजना हुदै।(भिडियो)

सम्बन्धितपाेस्ट

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)
FEATURE

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

मंसिर २५, २०८२
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
FEATURE

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

मंसिर २५, २०८२
मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान
FEATURE

मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मंसिर २५, २०८२
Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो
FEATURE

Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

मंसिर २५, २०८२
FEATURE

मंसिर २५, २०८२
एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै
FEATURE

एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

मंसिर २५, २०८२
Next Post
रामेछापको सुनापति गाउँपालिका वडा न.१ गुन्सिमा भब्य सोनाम ल्होछार कार्यक्रम आयोजना हुदै।(भिडियो)

रामेछापको सुनापति गाउँपालिका वडा न.१ गुन्सिमा भब्य सोनाम ल्होछार कार्यक्रम आयोजना हुदै।(भिडियो)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

मंसिर २५, २०८२
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

मंसिर २५, २०८२
मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मंसिर २५, २०८२
Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

मंसिर २५, २०८२

मंसिर २५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    253 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist