२१ माघ २०८१ सोमवार, रामेछाप-मन्जुश्री सम्बत २८६१ औं ढुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको उपलक्ष्यमा सुनापति गाउँपालिका वडा न.१ ल्होछार मुल समारोह समितिको आयोजना र सुनापति गाउँपालिकाको प्रायोजनमा माघ २० गते आईतवार रामेछापको सुनापति गाउँपालिका वडा न.१ गुन्सीको अर्चले चौरमा शुभकामना आदन प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम-२०८१ सम्पन्न भएको छ।
बुद्ध तितुङले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङको उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा टुल्कु (३औतारी) घोम्छेन रेम्पोछे, सुनापति गाउँपालिका उपाध्यक्ष गीता बिष्ट चौलागाईं,प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ, वडा न. १ का वडा अध्यक्ष ध्रुव प्रसाद चौलागाईं,वडा न. २ का वडा अध्यक्ष पदम थापा मगर, वडा न. ३ का वडा अध्यक्ष कुल बहादुर थिङ, एकीकृत समाजवादी रामेछाप जिल्ला सचिव लालसिङ घिसिङ, नेकपा माओवादी केन्द्र सुनापति गाउँपालिका अध्यक्ष चण्डेश्वर चौलागाईं, नेपाली कांग्रेस नेता चन्द्र बहादुर घिसिङ,नेकपा एमाले सुनापति गाउँपालिका सचिव केसरमान मोक्तान, लगायत सुनापति गाउँबासीहरुको उपस्थिति रहेको थियो।
सुजन घिसिङ सभा अध्यक्ष रहेको कार्यक्रममा भुवन तितुङले स्वागत मन्तब्य राखेका थिए। कार्यक्रममा उपस्थित प्रमुख अतिथि लागयत बिशेष अतिथिहरुले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।
साथै कार्यक्रममा गायक सन्जोक योञ्जन,प्रयास दोङ,जिवन बोम्जन,सन्जिव घिसिङ,अविशेक तमाङ,गायिका रोस्ना लुङ्वा,मोडल तथा निर्देशक प्रतिक ङ्यासुर,मोडल तथा नायक राहुल मोक्तान,मोडल तथा मिस तामाङ रिया लामाको साथै डाईनामिक डान्स ग्रुपको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो। साँस्कृतिक कार्यक्रमको संचालन भने सुनिता लुङ्वाले गरेकी हुन।