०४ फागुन २०८१ आइतवार, काठमाण्डौ- रामेछापको सुनापति गाउँपालिकामा २ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
गत फागुन १ र २ गते संचालन गरिएको शिविर सुनापति गाउँपालिकाले आयोजना गरेको हो भने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था जर्मन नेपाल सहयोग संघ (GHNA) अन्तर्गतको संस्था विकासका लागि एकताको सहकार्यमा धुलिखेल अस्पताल,ओम चावहिल डेण्टल हस्पिटल,नेपाल नेत्रज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल नामक संस्थाहरुले प्राबिधिक सहयोग गरेका हुन।
२ दिने स्वास्थ्य शिविरको पहिलो दिन हिलेदेवीको नव निर्मित अस्पताल भवनमा संचालन भएको शिविरबाट जनरल चेकजाँच २६२ जना, आँखाको चेकजाँच २३० जना, दाँत परिक्षण १५५ जना, स्त्री रोग सम्बन्धि जाँच ८० जना गरि जम्मा ७२७ जनाले सेवा लिएका थिए भने दाेस्राे दिन सुनापति गाउँपालिकाको वडा न.५ रुपाकोटमा रहेको श्री कृष्णपुरी मा.वि.मा संचालित शिविरमा जनरल जाँच २९५ जना, आँखा जाँच २०५ जना, दाँतकाे जाँच १४८ जना र स्त्री रोग जाँच ६८ जना गरि जम्मा ७१६ जनाले सेवा लिएरका थिए। २ दिनकाे शिविरबाट जम्मा १४४३ ले निशुल्क स्वास्थ्य सेवा लिएका हुन। शिविरमा बिशेषज्ञ डाक्टरहरुद्वारा सेवा प्रदान गरिएको थियो।
यसरि विभिन्न संस्थाहरुसंग सहकार्य गरि सुनापति गाउँपालिकाका नागरिकहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न पाउदा खुशी व्यक्त गर्दै बर्षमा कम्तिमा २ पटक यसरि नै निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न आफुहरु लागि पर्ने सुनापति गाउँपालिकाको उपाध्यक्ष गिता बिष्टले बाताईन।रामेछापको खाँडादेवी गाउँपालिकामा ३ दिनको शिविर सकाएर सुनापति गाउँपालिकामा २ दिनको शिविर संचालन गरिएको विकासका लागि एकताका कार्यकारी निर्देशक प्रदिप हुमागाईंले बताएका छन।खाँडादेवी गाउँपालिकार सुनापति गाउँपालिकाको सहकार्यमा खाँडादेवी गाउँपालिकाको वडा न.२ निगालपानीमा माघ २८ गते, वडा न. ६ माकादुममा माघ २९ गते र वडा न.३ भिरपानीमा माघ ३० गते शिविर संचालन पश्चात फागुन १ र २ गते सुनापति गाउँपालिकामा शिविर संचालन गरि ५ दिनको निशुल्क स्वास्थ्य शिविर संचालन गरेको र खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकामा गरि ३५०० भन्दा बढी बिरामीको स्वास्थ्य परिक्षण गरिएको हुमागाईंले जानकारी दिए।
शिविरमा स्त्री रोग परिक्षण,दाँत तथा अनुहार परिक्षण,आँखा परिक्षण,जनरल स्वास्थ्य परिक्षण,अल्ट्रा साउण्ड, माईनर सर्जरी, स्वास्थ्य शिक्षा तथा परामर्शको साथै निशुल्क औषधि वितरण गरिएको थियो। ५ दिनको निशुल्क स्वास्थ्य शिविर संचालनको सम्पूर्ण खर्चको व्यवस्थापन जर्मन नेपाल सहयोग संघले गरेको जर्मन नेपाल सहयोग संघ अन्तर्गतको संस्था विकासका लागि एकताका कार्यकारी निर्देशक प्रदिप हुमागाईंले बताएका छन।
त्यस्तै गाउँपालिका र जर्मन नेपाल सहयोग संघ अन्तर्गतको संस्था विकासका लागि एकतासँग सहकार्यगरि ग्रामिण भेगका नागरिकलाई सेवा प्रदान गर्न पाएकोमा खुशी भएको र आफुले ७७ वटै जिल्लामा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने उद्देश्य राखेको ओम चाबहिल डेण्टल हस्पिटल प्रा.लि.का संचालक कृष्ण घिमिरे बताउछन।निशुल्क स्वास्थ्य सेवा पाउदा स्थानीयहरु खुशी भएका छन।
कार्यक्रमको थप जानकारी भिडियो मार्फत हेर्नुहोस