२७ चैत,२०८१ काठमाण्डौ, काठमाण्डौ महानगरपालिका प्रमुख बालेन शाहले महानगरको उद्देश्य जरिवाना असुल गर्नु नभएको बताएका छन।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रम पश्चात सरसफाइ कार्य आफैंले गरेकोमा धन्यवाद दिँदै मेयर शाहले कसैले फोहोर गर्छन र जरिवाना तिराउने भनेर महानगर नबसेको बताएका हुन।
सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन।
“कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।”