२७ चैत,२०८१ काठमाण्डौ, भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले १५ चैतमा राजावादीको आन्दोलनमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका दुई युवाको परिवारलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन।
गुरुङले २० चैतमा एक कार्यक्रमकाबीच पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख आर्थिक राहत दिने घोषणा गरेका गरेका थिए ।
सोही घोषणा अनुरूप मंगलवार गुरुङले रजक र महजर्नको घरमा पुगेर क्रमशः ५ लाख र ३ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन।
यस्तै गुरुङले सविन महर्जनकी श्रीमतीलाई भाटभटेनीमा जागिर दिने भएका छन्।