काठमाडौँ – कोरोना संक्रमणले देशमा मात्र नभई विश्वभर नै आतंक मच्चाइरहेको छ। कोरोनाको कारण लाखौँ मानिस विरामी भएका छन् भने कयौंले ज्यान समेत गुमाएका छन्।
नेपालको कुरा गर्ने हो भने कोरोना दिनप्रतिदिन संक्रमण बढ्दै गैरहेको छ। आज मात्रै ५ हजारभन्दा बढी मानिसमा संक्रमण पाइएको छ। यसको साथै दिनमा देशभर गरेर १० जना भन्दा बढी संक्रमितले ज्यान गुमाइरहेका छन्।
संक्रमण दर बढ्दै गए पछि सरकारलाई अहिले रोकथाम, नियन्त्रण तथा उपचार गर्न हम्मे-हम्मे परेको छ। अझ शव व्यवस्थापन गर्न निकै कठिन रहेको छ। पहिला परिवारमा एक जना सदस्यको मृत्यु हुँदा समाजका सबै मानिस मलामी जाने प्रचलन छ। तर अहिले परिस्थिति त्यस्तो छैन।
कोरोना संक्रमणले गर्दा आज परिवारकै सदस्य पनि मलामी जान पाएका छैनन्। संक्रमितको दाहसंस्कार विद्धुतीय माध्यमबाट भैरहेको छ। जहाँ परिवारको सदस्यले समेतछुन र नजिकबाट हेर्न पाउदैनन्।
हेर्नुहोस कोरोनाबाट मृत्यु भएका मानिसको लाश जलाउँदै गरेको भिडियो :