काठमाडौं—नेपालमा थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय २४ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ। काठमाडौं उपत्यकामा आइतबार मात्र १ हजार ६ सय २२ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा सबैभन्दा बढी १ हजार ३ सय ६२, ललितपुरमा १ सय ६४ र भक्तपुरमा ९६ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै, हाल सक्रिय संक्रमिको संख्या ३७ हजार ७ सय ६५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३ हजार ६ सय २० जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, हाल आइसीयुमा २ सय ८३ जना र भेन्टिलेटरमा ७८ जना संक्रमित छन् ।