रामेछाप– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको सादीडाँडामा मंशिर १० गते नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रथम अधिवेशन, बृहत कार्यकर्ता भेला तथा साँस्कृतिक कार्यक्रम हुन गईरहेको छ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय पोलिटब्युरो सदस्य तथा स्वास्थ्य मन्त्रि बिरोध खतिवडा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुकोसाथै मुख्य बक्ताको रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज देवसंकर पौडेल, नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय पोलिटब्युरो सदस्य होम बुढाथोकी रहनेछन भने कलाकारहरु भिमसेन खतिवडा, शारदा रसाईली लगायतको उपस्थिति रहने छ।
उक्त कार्यक्रममा पालिका संगठन समिति घोषणा कार्यक्रम रहेको र त्यसकोलागि ब्यापक तयारि रहेको नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्ला कमिटि सचिव लालसिङ घिसिङले सुनौलोपानालाई जानकारी गराए साथै कार्यक्रममा व्यापक जनसहभागिता हुनेमा आफुहरु ढुक्क रहेको समेत बताए। कम्युनिष्ट आन्दोलनलाई निश्चित गन्तव्यमा पुर्याउनुको साथै जनताको समस्याको समाधानको निम्ति नेकपा (एकीकृत समाजवादी) को विकल्प नरहेको समेत सचिव लालसिङ घिसिङले बताए।