२०७९ पौष २ शनिबार, रामेछाप- रामेछापको सुनापति गाउँपालिका वडा न. ३ हिलेदेविमा यहि आउँदो मिति २०७९ पौष ९ र १० गते १२ औं राष्ट्रिय जुनियर तेक्वान्दो आई.टि.एफ प्रतियोगिता हुने भएको छ।सुनापति तेक्वान्दो आई.टि.एफ एकेडेमीको आयोजना रहेको उक्त कार्यक्रमको प्रायोजन सुनापति गाउँपालिकाले गर्ने भएको छ।प्रतियोगितामा सात प्रदेशको खेलाडीहरु त्यसैगरी दुई विभागीय आर्मी क्लब, एपिएफ क्लब उपस्थित हुनेछन।
सुनापती तेक्वान्दो आई.टि.एफ एकेडेमीको अध्यक्ष बाबुराम तामाङ रहेको छन।सुनापति गाउँपालिकालाई राष्ट्रिय रुपमा परिचित गराउनको साथै आन्तरिक पर्यटन बढाउनकोलागि पनि उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष बाबुराम तमाङले जानकारी गराए।साथै गत साल जिल्ला स्तरीय प्रतियोगिता पनि गरिसकेको बाबुराम तमाङ बताउछन।